बसको ठक्करबाट एक महिलाको मृत्यु

पाल्पा | पुस २८, २०७९

बसको ठक्करबाट एक महिलाको मृत्यु

पाल्पा:   जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।


अर्गली तानसेन भित्री सडकखण्डको सडक भएर गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । विश्वकर्मा सोही बसबाट झरेर घरतर्फ जाँदै गर्दा सो घटना भएको हो ।


गम्भीर घाइते हुनुभएको विश्वकर्मालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो । तर, घाइते विश्वकर्मालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनापछि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्